नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले यही पुस २७ र २८ गतेका लागि तय भएको विशेष महाधिवेशनमा सहभागी हुन आह्वान गरेका छन् । पार्टी विधान पालना गर्दै विशेष केन्द्रीय महाधिवेशन हुन लागेको भन्दै महामन्त्रीद्वय थापा र शर्माले त्यसमा सहभागी हुन महाधिवेशन प्रतिनिधिहरूलाई आह्वान गरेका छन्। बुधबार जारी संयुक्त आह्वानमा उनीहरूले नेपालको संविधान र राजनीतिक दलसम्बन्धी ऐनले राजनीतिक दलको विधान लोकतान्त्रिक हुनुपर्ने र सोही विधानअनुसार पार्टीका सम्पूर्ण गतिविधि सञ्चालन हुनुपर्ने स्पष्ट कानूनी व्यवस्था रहेको उ...