सन् २०२६ देखि भारतका चार सेमिकन्डक्टर उद्योगले पूर्ण उत्पादन थाल्ने

भारतका केन्द्रीय इलेक्ट्रोनिक्स तथा सूचना प्रविधि मन्त्री अश्विनी वैष्णवले सन् २०२६ देखि टाटा समूह, माइक्रोन र सीजी सेमीसहित चार सेमिकन्डक्टर उद्योगले परीक्षण र पाइलट उत्पादनको चरण पार गर्दै नियमित तथा ठूलो मात्रामा व्यावसायिक उत्पादन शुरू गर्ने जानकारी दिएका छन्। इलेक्ट्रोनिक्स कम्पोनेन्ट म्यानुफ्याक्चरिङ स्किम (ईसीएमएस)को तेस्रो चरण स्वीकृत भएको अवसरमा शुक्रबार बोल्दै मन्त्री वैष्णवले भने, 'धेरै क्षेत्रमा भारतले आन्तरिक मागको ठूलो हिस्सा आफैँ पूरा गर्नेछ र पीसीबी, ल्यामिनेट, लिथियम–आयन सेल, इन्क्लोजर तथा अप्टिकल ट्रान्ससिभरजस्त...