राष्ट्रियसभा निर्वाचन : छापामारदेखि ओलीको सचिवालय सदस्यसम्म चुनावी मैदानमा

आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि कोशी प्रदेशको चुनावी मैदान निकै रोचक बनेको छ ।  ३ सीटका लागि ५ जनाको उम्मेदवारी परे पनि चार जना मात्रै चुनावी मैदानमा छन् । कांग्रेसका सुनिल थापा निर्विरोध निर्वाचित भइसकेका छन् ।  एकातिर स्थापित ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेले जसपालाई समेत समेटेर दुई तिहाइ शक्तिसहितको गठबन्धन बनाएका छन् भने अर्कोतिर आफ्नो अस्तित्व र एजेन्डासहित चुनौती दिइरहेको नेपाली कम्युनिस्ट पार्टी मैदानमा छन् । निर्वाचनको रोचकता मनोनयनकै दिनबाट शुरू भएको छ ।  ...