डडेल्धुरा अस्पताल विकास समितिका अध्यक्ष करुणाकर ओझामाथि बुधबार उनकै कार्यकक्षभित्र मोसो दलिएको छ । धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा (बहुमत) निकट समूहले अस्पतालभित्रै प्रवेश गरी अध्यक्ष ओझामाथि दुर्व्यवहार गरेको हो । घटनाको जिम्मेवारी कम्युनिस्ट युवा संगठन नेपाल, डडेल्धुराले लिएको छ । संगठनका जिल्ला अध्यक्ष सहविरद्वारा हस्ताक्षरित आरोपपत्रमार्फत अस्पताल अध्यक्ष ओझामाथि ‘जनकारबाही किन ?’ भन्दै दश बुँदे आरोप सार्वजनिक गरिएको छ । के छन् आरोप ? आरोपपत्रमा अध्यक्ष ओझामाथि गम्भीर भ्रष्टाचार र बेथिति गरेको भनिएको छ । ज...