राजनीतिमा एक सेकेन्डको ढिलाइले पनि इतिहास बदल्न सक्छ भन्ने उखान कोशी प्रदेशतर्फको राष्ट्रियसभा निर्वाचनमा चरितार्थ भएको छ । नेपाली कांग्रेसका उम्मेदवार सुनिल थापाले बिना कुनै प्रतिस्पर्धा राष्ट्रियसभाको सिट पक्का गर्दा उनका प्रतिस्पर्धी मानिएका नेकपाका हेमराज घिमिरे भने भोकभोकै सडकमा दौडिरहेका थिए । संखुवासभाको खाँदवारीमा रहेका घिमिरेलाई पार्टीले उम्मेदवार बन्ने ‘ग्रीन सिग्नल’ दिँदा बिहानको ११ बज्न दुई मिनेट मात्र बाँकी थियो । समय निकै कम भए पनि घिमिरेले हिम्मत हारेनन् र तत्कालै गाडी रिजर्भ गरेर विराट...