पलेशालाई एनएसजेएफ ‘ट्रेलब्लेजर अफ दि इयर’ अवार्ड

२३ पुस, काठमाडौं । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई एनएसजेएफ ‘ट्रेलब्लेजर अफ दि इयर’ अवार्ड प्रदान गरेको छ । पोखरामा बुधबार भएको २२औं एनएसजेएफ स्पोर्ट्स अवार्ड (२०८१) कार्यक्रममा पारालिम्पिक पदक विजेता खेलाडी पलेशालाई उक्त अवार्डबाट सम्मान गरिएको हो । यो अवार्ड सरप्राइजका रूपमा कार्यक्रमको अन्त्यमा घोषणा गरिएको थियो । […]