मधेस प्रदेशबाट राष्ट्रियसभा सदस्य चार सिटका लागि ११ उम्मेदवारको मनोनयन दर्ता

मधेस प्रदेशबाट रिक्त हुन लागेको राष्ट्रियसभा सदस्यका चार सिटका लागि ११ जनाले उम्मेदवारी दर्ता गराएका छन् । रिक्त सिट अन्य महिला, दलित, अपाङ्गता तथा अल्पसङ्ख्यक र अन्य समूहअन्तर्गतका छन् । निर्वाचन अधिकृतको कार्यालयका अनुसार गठबन्धनकातर्फबाट नेपाली कांग्रेसबाट अल्पसङ्ख्यक समूहमा रञ्जित कर्ण र दलित समूहमा धर्मेन्द्र पासवानले उम्मेदवारी दर्ता गराएका छन् । त्यसैगरी नेपाली कांग्रेससँगको सहकार्यमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाट महिलातर्फ महोत्तरीकी रेखा झा तथा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्त ठाकुरले अन्य समूहबाट उ...