एपीएफकी आकृति अन्तरविद्यालय ब्याडमिन्टनमा दोस्रो

२३ पुस, काठमाडौं । भारतको आसाम सरकारद्वारा आयोजित प्रथम अन्तर्राष्ट्रिय अन्तर–विद्यालय ब्याडमिन्टन प्रतियोगिता मा नेपाल एपीएफ क्लबकी खेलाडी आकृति कार्कीले दोस्रो स्थान हासिल गरेकी छन्। ३ देखि ६ जनवरीसम्म चलेको उक्त प्रतियोगितामा आकृतिले उत्कृष्ट प्रदर्शन गर्दै रजत पदक जितेकी हुन्। उनी हाल काठमाडौंको कोटेश्वर–नरेफाटस्थित लालिगुरास बाटिका सेकेन्डरि स्कुलमा कक्षा ७ मा अध्ययनरत छिन्।