कांग्रेस टकराव : विधि र विधानको आ-आफ्नै व्याख्या

विशेषको माग भएको झन्डै तीन महिना पूरा हुनै लाग्दा बल्ल महामन्त्रीद्वयले औपचारिक रुपमै बुधबार विशेष महाधिवेशनको आह्वान गरे ।यसमा संस्थापन समूहका नेता तथा पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले आपत्ति जनाए । महतले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले नै पार्टीको निर्णय नमानेको आरोप लगाए ।