शेरबहादुर खड्का स्मृति महिला भलिबलमा न्यु डायमन्ड र नेपाल पुलिसको विजयी सुरुवात

२३ पुस, काठमाडौं । न्यु डायमन्ड युथ स्पोर्ट्स क्लब र डिफेन्डिङ च्याम्पियन नेपाल पुलिस क्लबले नवौं शेरबहादुर खड्का स्मृति राष्ट्रिय महिला भलिबल प्रतियोगितामा बुधबार विजयी सुरुआत गरेका छन् । दुवै ३–० को सोझो सेटमा विजयी भए । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको उद्घाटन खेलमा सातौं संस्करणको विजेता न्यु डायमन्डले नेपाल आर्मीलाई २५–१६, […]