लुम्बिनीमा नेपालकै पहिलो 'वाटर एन्ड इको-रिसोर्ट' खुल्ने, म्यारियट इन्टरनेशनलसँग व्यवस्थापन सम्झौता

 रुपन्देहीको सियारीमा सञ्चालित लुम्बिनी प्यालेस रिसोर्ट लिमिटेड र विश्वप्रसिद्ध होटल चेन म्यारियट इन्टरनेशनलबीच व्यवस्थापन सम्झौता  भएको छ । यो सम्झौतासँगै रिसोर्ट अब 'लुम्बिनी म्यारियट रिसोर्ट एन्ड स्पा' को ब्रान्ड नाममा स्तरोन्नति भई सञ्चालन हुनेछ । काठमाडौँ उपत्यका बाहिर म्यारियट इन्टरनेशनलको यो पहिलो र एकमात्र उपस्थिति भएको बुधबार जारी विज्ञप्तिमा उल्लेख छ । सन् २०१८ देखि रुपन्देहीको सियारी वडा नं. ५ मा सञ्चालनमा रहेको यो रिसोर्ट विगत तीन वर्षदेखि निरन्तर नाफामा सञ्चालन भइरहेको छ । लुम्बिनी म्यारियट रिसोर्ट...