ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास गरी तीनवटा मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका मन्त्री कुलमान घिसिङले आफ्नो पदबाट राजीनामा दिएका छन् । घिसिङले बुधबार राति प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राजीनामा बुझाएका हुन् । भदौ ३० गते मन्त्री पदमा नियुक्त भएका घिसिङले हालको विकसित 'राजनीतिक परिस्थितिलाई मध्यनजर गर्दै' आजकै मितिदेखि लागू हुने गरी पदबाट राजीनामा दिएको राजीनामा उल्लेख गरेका छन् । राजीनामा पत्रमा उनले आफूलाई काम गर्ने अवसर प्रदान गरेकोमा प्रधानमन्त्री कार्कीप्रत...