घिसिङलाई खादा पहिर्‍याएर सुशीलाले गरिन् बालुवाटारबाट बिदा

उर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा सहरी विकास मन्त्री कुलमान घिसिङले प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राजीनामा पेस गरेका छन् । घिसिङले आज साँझ बालुवाटारमा प्रधानमन्त्री कार्कीसँग भेट गरी राजीनामापत्र बुझाएका हुन् । राजीनामा पत्र बुझ्दै प्रधानमन्त्री कार्कीले साढे तीन महिनाको छोटो अवधिमा तीनवटै महत्त्वपूर्ण मन्त्रालयको नेतृत्व प्रभावकारी ढंगले गरेको भन्दै घिसिङलाई धन्यवाद दिइन् । प्रतिकूल अवस्थामा सरकारमा सामेल भएर देशका लागि ठूलो योगदान दिएको उनको भनाइ थियो । प्रधानमन्त्री कार्कीले भनिन्, ‘निक...