बजेट निर्माण र पेस गर्ने उपप्रमुखका अधिकार कार्यान्वयन गराउन परमादेश

 उच्च अदालत जनकपुरले बजेट निर्माण र बजेट पेस गर्नेसम्बन्धी उपप्रमुखको अधिकार कार्यान्वयन गराउन परमादेश जारी गरेको छ । न्यायाधीश टेकनारायण कुँवर र जगदीश घिमिरेको इजलासले आज गाउँपालिका उपप्रमखको अधिकारलाई प्रमुखहरूले नै प्रयोग गर्ने गरेको देखिएकाले उक्त परमादेश जारी गरेको हो । परमादेशमा गाउँपालिकाका प्रमुखहरूले उपप्रमुखको अधिकार पनि आफैँले लिएर बजेट तर्जुमा गरी गाउँसभामा पेस गर्न खोजेको विषयलाई अदालतले अधिकार क्षेत्रविहीन काम गरेको उल्लेख गर्दै कानुनअनुसार उपप्रमुखले पाउने अधिकार क्षेत्र हस्तक्षेप नगर्न भनिएको ...