आउँदो माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आज उम्मेदवारको विरोधमा उजुरी दिन सक्ने कार्यतालिका छ । निर्वाचन आयोगबाट स्वीकृत निर्वाचन कार्यक्रम बमोजिम आज उम्मेदवारको विरोधमा उजुरी दिन सकिने छ । बुधबार सातवटै प्रदेश राजधानीमा रहेका निर्वाचन अधिकृतको कार्यालयमा शान्तिपूर्ण रूपमा उम्मेदवारको मनोनयनपत्र दर्ता भएको थियो । निर्वाचन कार्यक्रमअनुसार यही पुस २५ र २६ गते मनोनयनपत्र र उजुरीउपर जाँचबुझ गरी नामावली प्रकाशित गर्ने, पुस २७ गते उम्मेदवारले नाम फिर्ता लिने तथा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने...