काठमाण्डौ – नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले पोखरामा आयोजना गरेको एनएसजेएफ स्पोट्र्स अवार्डको २२औँ संस्करणमा पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धनले ट्रेलब्लेजर अवार्ड प्राप्त गर्दा करातेकी एरिका गुरुङ र क्रिकेटका दीपेन्द्र सिंह ऐरी वर्ष २०८१ का उत्कृष्ट खेलाडी बनेका छन् । एनएसजेएफले पलेशालाई एनएसजेएफ ट्रेलब्लेजर अफ दि इयर अवार्डबाट सम्मान गरेको हो । एनएसजेएफले प्रदान गर्दै आएको १० विधाबाहेक यो अवार्ड विशेष पदकका लागि प्रदान गरिएको हो । सन् २०२४ को पेरिस पारा ओलम्पिकमा पलेशाले ५७ केजी तौल समूह के–४४ क्याटे...