पश्चिमी युरोपका विभिन्न देशहरूमा हिमपातले जनजीवन कष्टकर बनेको छ । प्रकोपका कारण अहिलेसम्म कम्तीमा ६ जनाको ज्यान गइसकेको छ । तीमध्ये ५ जनाको फ्रान्समा र १ जनाको बोस्नियामा ज्यान गएको हो । ‘स्टर्म गोरेत्ती’ नामक शीत आँधीका कारण फ्रान्स, नेदरल्यान्ड्स, बेल्जियम, बेलायत तथा आसपासका क्षेत्रमा हवाई, रेल र सडक यातायातमा अवरोध सिर्जना भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । फ्रान्सको पेरिसमा अत्यधिक हिमपातका कारण ओर्ली र चाल्र्स दे गौल विमानस्थलबाट कम्तीमा १ सय ४० उडान रद्द गरिएका छन् । त्यस्तै, नेदरल्यान्ड्सको स्खिपोल ...