नेपाल प्रहरीले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि १ लाख ३३ हजार बढी ‘निर्वाचन प्रहरी’ (म्यादी प्रहरी)का लागि भर्ना खुलाएको छ । प्रहरी प्रधान कार्यालय, मानवस्रोत विकास विभाग (भर्ना छनोट शाखा)ले १ लाख ३३ हजार ९८० जना निर्वाचन प्रहरी भर्ना गर्न दरखास्त आह्वान गरेको हो । दरखास्त फाराम पुस २५ गतेदेखि माघ १ गतेसम्म (सार्वजनिक बिदा दिनसमेत) बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म सम्बन्धित जिल्ला प्रहरी कार्यालय तथा काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला प्रहरी परिसरबाट बुझाउन सकिनेछ। निर्वाचन प्रहरीका ...