देशभर पश्चिमी वायुको प्रभाव कायमै

काठमाण्डौ – देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रहेको छ । बाँकी पहाडी तथा हिमाली भूभागमा मौसम मुख्यतया सफा रहेको छ । तराई भूभागका केही ठाउँहरुमा आज पनि हुस्सु लागेको छ । दिउँसोसम्म नै तराईका धेरै ठाउँमा हुस्सु तथा कुहिरो रहने महाशाखाले जनाएको छ । हुस्सु तथा कुहिरोको प्रभावले दैनिक जनजीवन, पर्यटन, स्वास्थ्य साथै हवाई तथा सडक यातायातमा आंशिक प्रभाव पर्ने देखिएकोले आवश्यक सतर्कत...