रुपन्देहीका युवा उद्यमी तौफिक अहमद खानले रूपन्देही–५ बाट प्रतिनिधि सभा सदस्य पदका लागि उम्मेदवार हुने घोषणा गरेका छन् । पुराना राजनीतिक दलबाट मुलुक अघि बढ्न नसक्ने बताउँदै उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट चुनाव लड्ने घोषणा गरेका हुन् । लुम्बिनीमा पत्रकारसँग कुरा गर्दै खानले भने, ‘अहिलेसम्म मुलुकको शासन सत्तामा रजगज गरेका दलले केही गर्न नसकेर देश र जनताले दुःख पाएको हुनाले युवाका नाताले मैले उम्मेदवारी दिन चाहेको हुँ ।’ भारतको बेङ्लोरबाट एमबीए गरेका ३८ वर्षे खान लुम्बिनी यु...