फुटबल खेल र खेलाडीको प्रवद्र्धन गर्ने उद्देश्यसहित सर्लाहीको लालबन्दीमा ‘प्रथम लालबन्दी मधेस प्रदेश आमन्त्रण मेयर गोल्डकप २०८२’ आयोजना गरिएको छ । बुधबार सर्लाहीको लालबन्दी नगरपालिका–१, नवलपुर फुटबल रङ्गशालामा पत्रकार सम्मेलन गरी प्रतियोगिताबारे जानकारी गराइएको हो । लालबन्दी नगरपालिका मुख्य आयोजक रहेको उक्त प्रतियोगिता माघ १६ देखि २७ गतेसम्म सञ्चालन गरिने भएको छ । प्रतियोगिताले स्थानीय स्तरमा रहेका खेलाडीको प्रवद्र्धनमा टेवा पुग्ने जीवेश्वर युवा क्लबका अध्यक्ष दीपेन्द्र बुढाथोकीले जानकारी दिए । प्रतियोगितामा ...