ट्रम्पको निशानामा भेनेजुएलाका गृहमन्त्री, सहयोग नगरे मादुरोको जस्तै कारबाही गर्ने चेतावनी

भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई सत्ताबाट हटाएपछि ट्रम्पको निशाना भेनेजुएलाका गृहमन्त्री तथा सुरक्षा प्रमुख डियोसदादो काबेलोतर्फ केन्द्रित भएको छ । अमेरिकाले काबेलोलाई अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिगेजसँग मिलेर वासिङ्टनका सर्तहरू मान्न र देशमा शान्ति कायम राख्न भनेको छ । काबेलोले सहयोग नगरेमा मादुरोजस्तै कारबाही हुने चेतावनी दिइएको समाचार संस्था रोयटर्सले जनाएको छ ।  अमेरिकाले बिचौलियामार्फत काबेलोलाई विरोध गरेमा मादुरोजस्तै हालत हुनसक्ने सन्देश दिएको छ । मादुरोलाई हालै अमेरिकाले पक्राउ गरी न्युयोर्क लगेर म...