पराजयपछि पुनरागमनः राष्ट्रिय सभाबाट संसदीय राजनीतिमा कमब्याक गर्ने तयारीमा झाँक्री

नेकपा (एमाले)की केन्द्रीय सदस्य तथा युवा नेतृ रामकुमारी झाँक्रीको यात्रा अब राष्ट्रिय सभातिर सोझिएको छ । एमाले विभाजन, नेकपा एकीकृत गठन, नेकपा एसको महाधिवेशनमा पराजित र फेरि एमाले फिर्तासँगै पूर्वमन्त्री झाँक्रीको संसदीय यात्रा राष्ट्रिय सभातर्फ अघि बढ्ने देखिएको हो । उनलाई नेपाली कांग्रेस, एमाले र जनता समाजवादी पार्टी (जसपा)सहितको तालमेलमा लुम्बिनी प्रदेशबाट राष्ट्रिय सभा उम्मेदवार बनाइएको छ । एमालेको विद्यार्थी संगठन अखिलको अध्यक्षदेखि राजनीतिमा होमिएकी उनी समानुपातिक सांसद र पार्टी विभाजनपछि शहरी विकास मन्त्रीसमेत बन...