राजनीतिक मैदानमा कुलमान, जसपा नेपाल र लोसपाको एकता जोखिममा

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ– निर्वाचन आयोगले निर्वाचन आचारसंहितामा सञ्चारसम्बन्धी नयाँ बुँदा थप गरेको छ । आयोगले निर्वाचन प्रचारप्रसार निषेध अवधीमा कुनै पनि प्रकारका छलफल, अन्तक्रिया, सभासम्मेलन, कार्यशाला गोष्ठी आदि गर्न नपाइने, कुनै पनि विधि, प्रक्रिया वा माध्यमबाट मत माग्न र निर्वाचन प्रचारप्रसार गर्न नहुने व्यवस्था थप गरेको जानकारी गराएको हो।    ०००० नेपाल प्रहरीले आगामी प्रतिनिधि सभा निर्वाचनका...