विशेष महाधिवेशनले कांग्रेस विभाजित हुँदैन, हुन लागे हलबाट पहिला म निक्लनेछु : विश्वप्रकाश [भिडियो]

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनले पार्टी विभाजन नहुने दाबी स्पष्ट पारेका छन् । पार्टीभित्र देखिएको विवाद र विशेष महाधिवेशनसम्बन्धी आशंकाहरूलाई स्पष्ट पार्न बिहीबार बिहान भिडियो सन्देश जारी गर्दै उनले विशेष महाधिवेशन वैधानिक, आवश्यक र समयसापेक्ष रहेको बताएका हुन् ।  शर्माले यही पुस २७ र २८ गते काठमाडौंमा हुने विशेष महाधिवेशनको आह्वानपछि आफू र अर्का महामन्त्रीले संयुक्त वक्तव्य जारी गर्दै सहभागी हुने घोषणा गरिसकेको उल्लेख गर्दै सबै महाधिवेशन प्रतिनिधिलाई सहभागी हुन आग्रह गरेका छन् । महा...