बिजनेस र भिजिट भिसामा अमेरिका जान साढे २१ लाख रुपैयाँसम्म धरौटी राख्नुपर्ने

काठमाण्डौ – अबदेखि नेपाली नागरिकले बिजनेस र भिजिट भिसामा अमेरिका जान १५ हजार डलर अर्थात साढे २१ लाख रुपैयाँसम्म धरौटी राख्नुपर्ने भएको छ । अमेरिकाको विदेश मन्त्रालयले निकालेको विज्ञप्ति अनुसार यो व्यवस्था आउँदो माघ ७ गतेदेखि लागू हुनेछ । यी दुई प्रकारका भिसामा अमेरिका जाने व्यक्ति बढीमा ६ महिनासम्म बस्न पाउनेछन् । कुनै व्यक्ति भिसा प्राप्त गरेभन्दा बढी समय अमेरिका बसेको अवस्थामा यस्तो धरौटीबाट रकम काटिनेछ । यसका साथै अमेरिका जाने नेपालीले अब निश्चित विमानस्थलबाट मात्र प्रवेश पाउनेछन् । अहिले अमेरिकाले प्रवेश ग...