अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ३५ वटा गैर–संयुक्त राष्ट्र संघीय संस्था र ३१ वटा संयुक्त राष्ट्र संघसँग सम्बन्धित निकायहरुबाट बाहिरिने घोषणा गर्दै त्यससम्बन्धी आदेशमा हस्ताक्षर गर्नुभएको छ । ह्वाइट हाउसका अनुसार ती संस्थाहरू अमेरिकी राष्ट्रिय हितविपरीत सञ्चालन भइरहेको ठहर गरिएको छ । ती संस्थाहरुले ‘कट्टरपन्थी जलवायु नीति, विश्वव्यापी शासन (ग्लोबल गभर्नेन्स) र अमेरिकी सार्वभौमिकता तथा आर्थिक शक्तिसँग बाझिने वैचारिक कार्यक्रम’ प्रवर्द्धन गर्दै आएको आरोप अमेरिकाले लगाएको द ईकोनिमिक्स टाईम्सले जनाएको छ । थप ...