नेपाल मेडिकल कलेजद्वारा विशेषज्ञ चिकित्सकसहित विभिन्न पदमा कर्मचारी माग

नेपाल मेडिकल कलेज शिक्षण अस्पतालले विशेषज्ञ चिकित्सकसहित विभिन्न पदमा कर्मचारी माग गरेको छ । कलेजले एक सूचना प्रकाशित गरी प्राध्यापक, एशोसिएट प्राध्यापक, सहायक प्राध्यापक, लेक्चर सहित स्टाफ नर्सलगायत पदहरूमा जनशक्ति माग गरेको हो । सूचनाअनुसार आइटी असिस्टेन्ट, आइटी सपोर्ट टेक्निसियन, प्रक्यूमेन्ट असिस्टेन्ट तथा स्टोर इन्चार्जसमेत माग गरिएको छ । दक्ष जनशक्तिहरू थप गरी स्वास्थ्य सेवा र चिकित्सा शिक्षाको गुणस्तर अभिवृद्धि गर्न खोजेको कलेज प्रशासनले जनाएको छ ।  योग्यता पुगेका दक्ष जनशक्तिले आफ्नो व्यक्तिगत र शैक्षिक विवरण इमेल गर्नुप...