अन्तिम टेस्टमा पनि अस्ट्रेलियासामू निरीह बन्यो इङ्ल्यान्ड

पाँचौँ तथा अन्तिम एसेस टेस्ट क्रिकेटमा पनि घरेलु टोली अस्ट्रेलियाले इङ्ल्यान्डलाई पाँच विकेटले हराएको छ । यससँगै अस्ट्रेलियाले पाँच खेलको शृंखला ४–१ ले आफ्नो पक्षमा पारेको हो ।पहिलो र दोस्रो टेस्टमा अस्ट्रेलिया आठ विकेटले विजयी भएको थियो । तेस्रो टेस्टमा अस्ट्रेलिया ८२ रनले विजयी भएको थियो । चौथो टेस्ट इङ्ल्यान्डले चार विकेटले जितेको थियो ।सिड्नी क्रिकेट ग्राउन्डमा खेलिएको पाँचौँ टेस्टको अन्तिम दिन बिहीबार अस्ट्रेलियाले एक सय ६० रनको लक्ष्य पाँच विकेट गुमाएर पूरा गरेको हो ।दोस्रो पालीमा अस्ट्रेलियाका लागि मार्नस लाबुशेनले ३...