कञ्चनपुर – कञ्चनपुरको बेदकोट नगरपालिका भएर बग्ने चौधर नदीको मुख्य सहायक राधा नदीमा ‘रडार लेभल सेन्सर’ (आरएलएस) जडान गरिएको छ । बाढीको पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाउने उद्देश्यका साथ नदीमा जलस्तर मापन गर्ने आधुनिक आरएलएस प्रविधि जडान गरिएको हो । इन्स्टिच्युट अफ हिमालयन रिस्क रिडक्सन, डीसीए नेपाल र नेपाल राष्ट्रिय समाज कल्याण सङ्घ (एनएनएसडब्लुए), कञ्चनपुरको साझेदारीमा सञ्चालित ‘स्मार्ट’ परियोजनाअन्तर्गत प्रविधि जडान गरिएको परियोजनाका संयोजक राजकुमार सुनारले बताउनुभयो । नदीमा जडान ग...