अमेरिकी आक्रमणमा झन्डै १ सय जना मारिएको भेनेजुएलाको दाबी

भेनेजुएलाका गृहमन्त्री डियोसडाडो काबेयोले अमेरिकी आक्रमणका क्रममा १ सय जनाको ज्यान गएको दाबी गर्नुभएको छ । राजधानी काराकसमा गएराति राज्य टेलिभिजनमार्फत बोल्दै गृहमन्त्री काबेयोले गएको शनिवार भएको अमेरिकी सैन्य कारबाहीमा ठूलो मानवीय क्षति भएको बताउनुभएको रोयर्टसले जनाएको छ । आक्रमणपछि राष्ट्रपति निकोला मदुरोलाई अमेरिकी सेनाले पक्राउ गरेको थियो । यसअघि भेनेजुएला सरकारले ज्यान गुमाउनेको आधिकारिक संख्या सार्वजनिक गरेको थिएन । यद्यपि सेनाले आफ्ना २३ जना सैनिकको ज्यान गएको नामावली भने सार्वजनिक गरेको थियो । भेनेजुएलाली ...