झन्डै ६ महिनासम्म अवरुद्ध रसुवा नाका खुलेपछि मालवाहक कन्टेनरहरू भित्रिन थालेका छन् । गत असारमा बाढी पहिरोका कारण पूर्णरूपमा बन्द भएको रसुवा नाकामा बेलिब्रिज निर्माण भएपछि यही पुस १७(जनवरी १) देखि मालवाहक कन्टेनरहरू आवतजावत शुरू भएको हो । गत साउन २४ गते रसुवामा आएको बाढी पहिरोले चीनसँगको प्रमुख रसुवागढी नाका जोड्ने पुल बगाएको थियो । योसँगै नाकाबाट हुने सम्पूर्ण आयात–निर्यात ६ महिनासम्म पूर्णरूपमा ठप्प भएको थियो । चीनले उक्त पुल बगाएको ठाउँमा करिब ५ महिना लगाएर बेलिब्रिज बनाइदिएको हो । अहिले उक्त ब...