प्रतिनिधिसभा चुनावमा ८० हजार सेना परिचालन हुने

काठमाण्डौ – नेपाली सेनाले आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य चुनावका लागि ८० हजार जनशक्ति परिचालन गर्ने तयारी गरेको छ । नेपाली सेनाका सहायक रथी एवम् प्रवक्ता राजाराम बस्नेतले चुनावका सन्दर्भमा एकीकृत सुरक्षा योजना २०८२ अनुमोदन भई राष्ट्रपतिबाट समेत स्वीकृत भइसकेकाले त्यही अनुसार सेना परिचालन हुने जानकारी दिनुभयो । एकीकृत सुरक्षा योजना सरकारबाट अनुमोदन र सेनाको परिचालनका सम्बन्धमा राष्ट्रिय सुरक्षा परिषद्बाट पनि स्वीकृत भइसकेको छ । चुनावका सिलसिलामा सेनाले तीन चरणमा काम गर्नेछ । निर्वाचनपूर्वको मुख्य ...