सभापति देउवा, कार्यबाहक सभापति खड्का र नेता कोइराला सहितको बैठक बस्दै

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र इतर समूहका नेता शेखर कोइराला सहितका नेताहरू छलफलमा बस्ने भएका छन् ।  सभापति देउवा निवासमा दिउँसो २ बजेपश्चात् बैठक बस्न लागेको हो।  बैठकमा कार्यवहाक सभापति पूर्णबहादुर खड्का तथा अर्का उपसभापति धनराज गुरूङ पनि सहभागी हुनेछन् ।  यस्तै, सहमहामन्त्रीद्वय बद्री पाण्डे र जीवन परियारसहित नेताहरू मिनेन्द्र रिजाल, बालकृष्ण खाँण, एनपी साउदलगायत नेताहरू सहभागी हुनेछन् ।  उक्त बैठकमा २७ र २८ पुसमा हुने भनिएको विशेष महाधिवेशनलाई कसरी रोक्न सकिन्छ भन्ने विष...