विशेष महाधिवेशनको तरंगबीच कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समिति बैठक

नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाएको छ । पार्टी कार्यालय सानेपामा दिउँसो ४ बजे बस्ने गरी बैठक बोलाइएको हो ।  बैठकमा समसामयिक राजनीतिक विषयषमा छलफल हुने छ।  बुधबार महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन आह्वान गरेका थिए । विशेष महाधिवशेन आह्वानपश्चात् अहिले पार्टीभित्र तरंग छाएको छ ।  सोही विशेष महाधिवेशनलाई रोक्ने वा के गर्ने भन्ने विषयमा बिचको बाटो खोज्न बैठक बोलाइएको बुझिएको छ।