चियाको बहानामा साथीको कार्यकक्षमा पुगे, युजर आईडी र पासवर्ड चोरेर परिचय पत्र बदले !

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागमा कार्यरत करारका कर्मचारीले विद्युतीय तथ्यांकमा क्षति पुर्‍याएको आरोपमा काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ । राष्ट्रिय परिचय पत्र सूचना व्यवस्थापन प्रणाली (एनआईडीएमएस) मा करारका कर्मचारीद्वय सुनितप्रभात रेग्मी र आशिषबाबु कुमालले अनधिकृत पहुँच पुर्‍याएर व्यक्तिका विवरण हेरफेर गरेको भन्दै उनीहरूविरुद्ध मुलुकी फौजदारी कार्यविधिसंहिता, २०७४ को दफा ३२ बमोजिम मुद्दा दर्ता भएको हो । विभागको पत्रानुसार केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकि...