प्युठानमा १० वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा स्वर्गद्वारी नगरपालिका-९ जुकेना बस्ने २१ वर्षीय दुर्ग बहादुर घर्ती मगर रहेका छन् । उनलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । मगरले ती बालिकालाई जबर्जस्ती करणी गरेको भन्ने उजुरीको आधारमा अस्थायी प्रहरी पोष्ट लामाचौरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ । घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।