नेकपा (माओवादी)का विद्यार्थी नेता लोकेश जोशी (सी)को पहलमा मधेश प्रदेशका विभिन्न ठाउँका विपन्न नागरिकलाई न्यानो कपडा वितरण गरिएको छ । उनको समूहले बुधबार महोत्तरीस्थित हात्तिलेट पासवान बस्तीका विपन्न नागरिकहरूलाई न्यानो कपडा वितरण गरिएको हो । प्रत्येक घरका एक–एक जना सदस्यलाई न्यानो कपडा हस्तान्तरण गरिएको उनले जानकारी दिए । यसअघि उनकै पहलमा मध्ये मधेशका मुसहर बस्तीमा कपडा वितरण गरिएको थियो । यो अभियान आगामी दिनहरूमा अन्य जिल्ला तथा बस्तीहरूमा पनि निरन्तर रहने उनले बताए । ...