हालैको अमेरिका-भेनेजुयला तनाबमा नेपालले पनि चासो देखाएको छ । परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै भेनेजुएलामा हालैका घटनाक्रमहरूलाई नजिकबाट नियालिरहेको जनाएको छ । नेपालले अधिकतम संयमता अपनाउन आग्रह गरेको छ । तनावलाई अझ बढाउने कार्यबाट बच्न आग्रह परराष्ट्र मन्त्रालयले गरेको हो । विज्ञप्तिमा मन्त्रालयले नेपाल संयुक्त राष्ट्र संघको बडापत्रमा उल्लेखित सार्वभौमसत्ता, क्षेत्रीय अखण्डता र राज्यहरूको राजनीतिक स्वतन्त्रताको सिद्धान्तहरूको पूर्ण सम्मान गर्ने विषयलाई महत्व दिने राष्ट्र रहेको उल्लेख गरेको छ । नेपालले संवाद, क...