पार्टी दुर्घटनामा नपुगोस् भनेर सभापतिसँग छलफल गरेका हौं- मिनेन्द्र रिजाल

नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले पार्टीलाई दुर्घटनासम्म पुग्ने अवस्था आउन नदिन आफूहरू संवादमा जुटेको बताएका छन् ।  बिहीबार बिहान सभापति शेरबहादुर देउवालाई नेता डा. शेखर कोइरालासँग गएर भेटेका उनले आफूहरूले पार्टीलाई एकताबद्ध बनाउन सबैले भूमिका निर्वाह गर्नुपर्ने पक्षमा कुरा राखेको जानकारी दिए ।  विशेष महाधिवेशनको नाममा ‘साथीहरू’ पार्टीलाई अप्ठ्यारो स्थितिमा पुर्‍याउने काममा नपुगून् भनेर आफूहरूले सभापति देउवालाई सम्झाएको पनि रिजालले बताए । ‘सबैको कुरा बुझ्नुपर्‍...