नेपाली कांग्रेसको विशेष महाधिवेशनमा सहभागी हुन जिल्ला-जिल्लाबाट महाधिवेशन प्रतिनिधिहरू काठमाडौं आउन थालेका छन् । विशेष महाधिवेशन व्यवस्थापन समिति (सचिवालय) संयोजक मनोजमणि आचार्यले विशेष महाधिवेशनमा भाग लिन जिल्ला-जिल्लाबाट प्रतिनिधिहरू आउन थालेको जानकारी दिए । ‘धमाधम प्रतिनिधि र नेता/कार्यकर्ताहरू काठमाडौं आउन थाल्नुभएको छ,’ आचार्यले भने। काठमाडौं आएका नेताहरूलाई पुस २६ बाट मात्र होटलको व्यवस्था आफूहरूले गरेको पनि आचार्यले बताए । आवास तथा खाना व्यवस्थापनको जिम्मेवारी भने रमेश धमलाको नेतृत्...