राष्ट्र संघसँग सम्बद्ध ६६ वटा संस्थाबाट बाहिरिने अमेरिकाको निर्णय

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राष्ट्र संघ (यूएन)सँग सम्बद्ध धेरै निकायहरू र भारत-फ्रान्सेली नेतृत्वको अन्तर्राष्ट्रिय सौर्य गठबन्धनसहित ६० भन्दा बढी अन्तर्राष्ट्रिय संस्थाहरूबाट अमेरिकालाई फिर्ता लिने निर्णय गरेका छन्। बुधबार ट्रम्पले अमेरिकी हितविपरीत अन्तर्राष्ट्रिय संस्थाहरू, सन्धिहरू र सम्झौताहरूबाट फिर्ता लिने कार्यकारी आदेशमा हस्ताक्षर गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।  अमेरिकाले यी संस्थाहरू या त अनावश्यक हुन् वा अमेरिकी हितविरुद्ध काम गर्छन् भनी दाबी गरेको छ ।  ह्वाइट हाउसद्वारा जारी गरि...