कर्मचारीमाथि भएको अभद्र व्यवहारप्रति एनआईसी एसिया बैंकको आपत्ति

एनआईसी एसिया बैंक लिमिटेडको इटहरी शाखाका कर्मचारीमाथि भएको अभद्र व्यवहारप्रति आपत्ति जनाएको छ ।  बैंकमा कार्यरत कर्मचारीमाथि गालीगलौज गर्दै अभद्र व्यवहार गरी शाखा कार्यालयमा अराजक गतिविधि गरेको भन्दै गम्भीर ध्यानाकर्षण भएको बैंकले जनाएको छ । बैंकजस्तो संवेदनशील र अत्यावश्यक सेवा प्रवाह गर्ने स्थानमा गरिने यस्ता कुनै पनि गैरकानूनी तथा उच्छृङ्खल गतिविधि स्वीकार्य नहुने र यस्ता गतिविधिबाट बैंकमा कार्यरत कर्मचारीसँगै समग्र बैंकिङ क्षेत्रमै असुरक्षित वातावरण सृजना भएको बैंकले जनाएको छ ।  ‘बैंक कार्यालयभित्र...