काठमाडौंका १० वटै क्षेत्रमा एमालेका उम्मेदवार सिफारिस, ईश्वरको क्षेत्रबाट ८ जना

नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौंका १० वटै निर्वाचन क्षेत्रमा उम्मेदवारको नाम सिफारिस गरेको छ । एमाले काठमाडौं जिल्ला अध्यक्ष दीपक निरौलाले काठमाडौंका १० वटै निर्वाचन क्षेत्रका लागि आकांक्षी उम्मेदवारको नाम सिफारिस गरिएको जानकारी दिए । अध्यक्ष निरौलाले निर्वाचन क्षेत्रीय कमिटीबाट आएका नामसहित जिल्ला कमिटीले ती उम्मेदवारका नाममा सुझाव दिँदै राजधानी प्रदेश कमिटीमा उम्मेदवारको नाम सिफारिस गरिएको बताए । एमालेले निर्वाचनका लागि यही पुस २४ गतेभित्र प्रदेश कमिटीमा नाम पठाउन जि...