अविना हत्या प्रकरण : एउटा फोनको ‘क्लु’ले पुर्‍यायो अभियुक्तसम्म

गएको मंसिर २२ गते सिरहाको कर्जान्हा नगरपालिका– २ स्कूल टोलमा १७ वर्षीया किशोरी अविना वैद्य मृत फेला परिन् । ढुंगाले टाउको थिचेर वीभत्स तरिकाले हत्या गरेको अवस्थामा वैद्यको शव भेटिएपछि जिल्ला प्रहरी कार्यालय सिरहा र इलाका प्रहरी कार्यालय मिर्चैयाको टोली घटनास्थलमा पुग्यो । शुरूमा घटना अनुसन्धानको सुराक केही थिएन । प्रहरीले वैद्यसँग सम्पर्क भएका व्यक्तिलाई अनुसन्धानका लागि झिकायो । शंकास्पद व्यक्ति अनुसन्धानको ‘राडार’मा कोही आएनन् । वैद्यको मोबाइलमा फोन आएको नम्बरको पछि लाग्दा धनुषाको क्षीरेश्वरनाथ नगरप...