भारतीय पर्यावरण संरक्षणका क्षेत्रमा विश्वव्यापी ख्याति कमाएका वरिष्ठ पर्यावरणविद् तथा पारिस्थितिकीविद् माधव गाडगिलको निधन भएको छ । ८३ वर्षको उमेरका गएराति पुनेको एक अस्पतालमा उहाँको निधन भएको बीबीसी हिन्दीले जनाएको छ । उहाँको अन्त्येष्टि अहिले ४ बजे हुँदैछ । गएको वर्ष डिसेम्बर महिनामा संयुक्त राष्ट्रसङ्घले पर्यावरण संरक्षणका क्षेत्रमा आजीवन योगदानका लागि गाडगिललाई प्रतिष्ठित ‘च्याम्पियन्स अफ अर्थ’ लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गरेको थियो । यो सम्मान राष्ट्रसङ्घको पर्यावरणसम्बन्धी सर्वोच्च उपाधि मानिन्छ । भारत स...