नमूना मतपत्र छपाइको काम अन्तिम चरणमा

काठमाण्डाै – निर्वाचन आयोगले नमूना मतपत्रको छपाइ अन्तिम चरणमा पुर्‍याएको छ । आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा चुनावको मतदाता शिक्षाका लागि १० लाख थान नमूना मतपत्र छपाइको काम अन्तिम चरणमा पुगेको हो । आयोगले हिजोदेखि जनक शिक्षा सामग्री केन्द्रमा नमूना मतपत्र छपाइ शुरू गरेको हो । आजसम्ममा नमूना मतपत्र छापेर भोलिदेखि समानुपातिकतर्फको मतपत्र छपाइ शुरू गर्ने तयारी रहेको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार समानुपातिकतर्फको मतपत्रमा बन्दसूची बुझाएका ५८ दलको चुनाव चिह्न...