काठमाण्डाै – नेपाल राष्ट्र बैंकले आज पनि एक वर्षका लागि १० अर्ब रुपैयाँको ऋणपत्र निष्कासन गरेको छ । बैंकिङ प्रणालीमा तरलता प्रवाह अत्यधिक भएपछि केन्द्रीय बैंकले लगातार ऋणपत्र निष्कासन गरिरहेको हो । राष्ट्र बैंकले पछिल्ला १० दिनमै ६ वटा ऋणपत्र जारी गर्दै बैंकिङ प्रणालीबाट १ खर्ब ३० अर्ब रुपैयाँ तानेको छ । यसअघि राष्ट्र बैंकले पुस १४ गते, पुस १६ गते, पुस २० गते र पुस २२ गते २५ अर्ब दरका तथा पुस २३ गते २० अर्बको ऋणपत्र निष्कासन गरेको थियो । बैंक तथा वित्तीय संस्थाहरूमा साढे दुई वर्षअघिदेखि ऋण दिन मिल्ने रकम अर्...