माल्टा जाने तयारीमा थिए जेनजी आन्दोलनमा मारिएका योगबहादुर

रुपक पुरी/रासस     सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-६ का २२ वर्षीय योगबहादुर श्रेष्ठ गाउँमै उच्च माध्यमिक तहको अध्ययन सकेर तीन वर्षअघि आत्मनिर्भर बन्ने सिलसिलामा काठमाडौं पुगेका थिए । स्नातक तहमा अध्ययनरत श्रेष्ठ पछिल्लो समय माल्टा जाने तयारी गर्दै थिए । योगबहादुरका दाजु रामकृष्ण श्रेष्ठ अभिभावकका रूपमा प्रत्येक दिनजसो भाइलाई फोन गरिरहन्थे । दाजुभाइबीच पारिवारिक समृद्धिका विषयमा भलाकुसारी हुन्थे । गत भदौ २३ गते काठमाडौंमा जेनजीको आयोजनामा सरकारलाई खबरदारी गरिएको थियो । सो क्रममा प्रहरी र विद्यार्थीबी...