अमेरिकी अध्यागमन अधिकारीले मिनियापोलिस शहरमा गोली चलाउँदा ३७ वर्षीया महिलाको ज्यान गएको छ । गृह सुरक्षा विभागले रेनी निकोल गुड नामकी ती महिला एक हिंसक दङ्गाकारी रहेको र उनले अध्यागमन र भन्सार प्रवर्तन (आईसीई) अधिकारीहरूलाई कुल्चने प्रयास गरेकी बताएको छ । तर मिनियापोलिसका मेयर ज्याकब फ्रेले एजेन्टको लापर्बाहीपूर्वक शक्ति प्रयोगका कारण ती महिलाको ज्यान गएको बताउनुभएको छ । उहाँले आईसीई अधिकारीहरूलाई शहर छोड्न भन्नुभएको छ । यसैबीच ट्रम्प प्रशासनले आत्मरक्षाका लागि गोली चलाएको भनाइलाई स्थानीय अधिकारीहरूले अस्वीकार ग...